एजेन्सी– स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सेभिल्लाविरुद्ध कठिन जित निकालेको छ। यिलको जितमा फरवार्ड करिम बेन्जिमाको एक मात्र निर्णायक गोल गरेका हुन्।
आइतबार राति भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा बेन्जिमाले गोल गरेका थिए। उनले ड्यानियल कार्भाहलको पासमा खेलको ६४ औं मिनेटमा गोल गरेका हुन्।
खेलको ६९ औं मिनेटमा लुकास ओकाम्पसको प्रहार क्रसबारमा लागेर फर्कदा सेभिल्लाले खेलमा बराबरी गर्ने अवसर गुमाएको थियो। सेभिल्लाका खेलाडीले अन्य मौकाहरु पाएपनि गोल गर्न नसक्दा रियलले खेल १–० ले जितेको हो।
यस जितसँगै रियाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानको एथ्लेटिको बिल्वाआ र रियलको समान ११ अंक छ। गोलअन्तरले रियल तालिकामा पछि परेको हो। पराजित सेभिल्ला १० अंकसहित पाँचौ स्थानमा छ।