एजेन्सी– तेस्रो तथा अन्तिम टी–२० खेलमा दक्षिण अफ्रिकाले भारतमाथि जित निकालेको छ। दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ९ विकेटले पराजित गरेसँगै सिरिज १–१ को बराबरीमा सकिएको छ।
टस जितेर पहिले ब्याटिङगरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। भारतका लागि ओपनर शिखर धवनले २५ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनका पारी खेलेका थिए। त्यस्तै ऋषभ पन्त र रविन्द्र जडेजाले समान १९ रनको योगदान दिएका थिए। दक्षिण अफ्रिकाका बलरहरु हाबी हुँदा भारतका अन्य ब्याट्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।
१ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। दक्षिण अफ्रिकाको जितमा कप्तान क्विन्टन डी ककले शानदार प्रदर्शन गरेका थिए। उनी ५२ बलमा ६ चौका र ५ छक्का सहित ७९ रन बनाउँदै अविजित रहे। त्यस्तै रिजा हेन्ड्रिक्सले २८ रन र तेम्बा बभुमा २७ रनकाे को योगदान दिएका थिए।
दक्षिण अफ्रिकाको बलिङतर्फ कागिसो रबाडाले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट तथा कागिसो रबाडाले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिएका थिए। भारतका लागि १ मात्र विकेट हार्दिक पान्ड्यालको नाममा रह्यो। सिरिजको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो भने दोस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको थियो।