काठमाडौं– नेपालमा जारी यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (सोमबार) भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो लिगमा भारतको पहिलो खेल हो।
बंगलादेशले भने आफ्नो पअिलो खेलमा श्रीलंकालाई पराजित गरी प्रतियोगितामा शुखद् शुरुवात गरिसकेको छ। भारत भने पहिलो खेलमा आफ्नो पक्षमा पार्दै सोचका साथ मैदान उत्रने छ।
बंगलादेश आजको खेलमा भारतलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ।
खेल हलचोकस्थित एपीएफको मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ।