काठमाडौं – नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र आगामी कात्तिक ३० गते हुने भएको छ। बीएसी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुले नेपाल नर्सिङ परिषदबाट लाइसेन्स लिएपछि मात्रै अस्पतालमा काम गर्न पाउँछन्।
बीएसी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी कात्तिक ३० गते हुने भएको, नेपाल नर्सिङ परिषद्ले सूचना जारी हुने जनाएको छ।
लाइसेन्स परीक्षामा सहभागी हुनको लागि नेपाली नागरिकका लागि १ हजार ६ सय र विदेशी नागरिकका लागि पाँच हजार एक सय परीक्षा शुल्क तोकिएको छ।
परिषद्ले लाइसेन्स परीक्षामा सहभागि हुने नर्सहरुलाई अनलाइनबाटै फर्म भर्ने व्यवस्था गरेको छ, त्यसका लागि परीक्षार्थीहरुले कात्तिक ८ गतेसम्ममा अनलाईन फारम भरेर परीक्षामा सहमागी हुनसक्ने जनाएकाे छ।