एजेन्सी– आज(सोमबार) इटालीको मिलानमा बर्ष २०१९ को ‘फिफा बेस्ट अवार्ड’ सार्वजानिक हुँदैछ। वर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडीसँगै उत्कृष्ट प्रशिक्षक तथा भिन्नाभिन्नै विधामा उत्कृष्ट अवार्डको घोषणा फिफाले औपचारिक कार्यक्रममार्फत गर्दैछ।
वर्षभरिको उत्कृष्ट गोलकर्तालाई दिइने फिफा पुस्कास अवार्ड पनि आजै घोषणा हुनेछ। यस अवार्डका लागि अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पाउने अनुमान गरिएको छ। त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा लिभरपुलका जोगर्ने क्लोप, म्यानचेस्टर सिटीका पेप ग्वार्डिअेलासँगै टोटनह्यामका माउरियो पोचेटिनो प्रतिस्पर्धामा छन्।
फिफा वर्ष खेलाडीको अन्तिम सुचीमा बार्सिलोनाका लियोनल मेस्सी, युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइक छन्। लिभरपुलका डिफेन्डर भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिग जिताउन तथा इङ्लिस प्रिमियर लिगको उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएका थिए। उनले यसअघि उनले गुरोपको सर्वश्रेष्ठ खेलाडीको उपाधि हात पारीसकेका छन्। उनले सो प्रतिस्पर्धामा मेस्सी र रोनाल्डोलाई पछि पारेका थिए।
त्यस्तै लियोनल मेस्सीले बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि जिताउँदै क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पु¥याउन ठूलो योगदान दिएका थिए। त्यस्तै अर्का स्टार रोनाल्डोले पनि युभेन्टस तथा पोर्चुगलका लागि महत्वपूर्ण योगदान दिएका थिए। उनीहरु मध्ये कसले जित्ला त फिफा वर्ष खेलाडीको अवार्ड? यसकाे लागि केहि समय प्रतिक्षा गर्नुपर्ने छ।