एजेन्सी– ग्रीसमा खेलाडीको जर्सी र ब्याग बोकेर युरोप छिर्न लागेका शरणाथी पक्राउ परेका छन्। उनीहरुलाई ग्रिसको राजधानी एथेन्सस्थित एयरपोर्टबाट पक्राउ गरिएको हो।
१० जना शरणार्थीहरु भलिबल खेलाडीको भेषमा युरोप छिर्न एयरपोर्टमा पुगेका थिए। शरणार्थीहरुले ग्रिसलाई युरोप छिर्ने बाटोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ। ती दशै जना सिरीयाली शरणार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।