काठमाडौँ – गायक भरत सिटौलाको ‘आउँदै गर मायालु अनलाइनमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। शैलेन्द्र प्रधानको संगीत संयोजन रहेको गीतमा गायक सिटौलाको नै अभिनय देख्न सकिन्छ।
गीतको भिडियोमा गायक सिटौला, उषा, राज, प्रदिप, बिनिता र ममताले अभिनय गरेका छन्। फराज अपर्णको छायाँकन रहेको यस गीतको भिडियोलाई सतिश श्रेष्ठले सम्पादन गरेका हुन्। गीतको भिडियालाई गायक सिटौलाले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन्।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?v=tEFSThEGuh0&feature=youtu.be&fbclid=IwAR3dfX28MbeRaHtuqitJFHjYyB2Ct62-mGm2z97UxRH7v1MyiSOExoySSH8