भोजपुर – भोजपुर नगरपालिका–५ बोखिममा रहेको पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न तीन जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो।
शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तर्फबाट नौ र विद्यालयको आन्तरिक स्रोतबाट चार गरी ६ लाख बराबरको ल्यापटप वितरण गरिएको विद्यालयका शिक्षक लक्ष्मण जोशीले जानकारी दिएका छन्।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले एक कार्यक्रमका बीच ल्यापटप हस्तान्तरण गरेको हो।त्यस्तै विद्यालयमा गठित सगरमाथा टिन्स क्लबको आयोजना तथा वडा नं ५ को आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ।
आज नै विद्यालयमा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो। -रासस