काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार सार्वजनिक हुने भएको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठकपछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए।
उनले भने, ‘आज अन्तिम ट्याली गरिरहेका छौं, भोली दिउँसो परीक्षाफल प्रकाशित गर्नेछौं। बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो।’ यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए।