काठमाडौं– पोखरा प्रिमियर लिगको दोस्रो संस्करण कार्तिक २६ बाट शुरु हुने आयोजकले बताएको छ। पहिलो संस्करण सफतापूर्वक सम्पन्न भएपश्चात दोस्रो संस्करण शुरु हुन लागेको हो।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका अनुसार दोस्रो संस्करणमा ६ सहरका ६ फेन्चाइज टिमको सहभागिता रहने छ। उक्त टी–२० क्रिकेट प्रतियोगिता कार्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजकले जानकारी दिएको छ।
सो प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल बाल्स्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुजको सहभागिता रहने बताइएको छ। ती टिमहरुमा स्वेदेशी तथा विदेशी खेलाडीहरु रहने छन्।
पहिलो सिजन पीपीएलको उपाधि पोखरा पल्टनले उचालेको थियो। पछिल्लो समयमा भइरहेका यस्ता घरेलु फ्रेन्चाइज लिगहरुले नेपाली क्रिकेटको विकासमा थप टेवा पुर्याएको छ।