काठमाडौं– कक्षा ११ काे गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको छ। बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेको बोर्ड बैठकमा नतिजा सार्वजनिक गरेको जानकारी दिएका छन्।
बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ। त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन्।
बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो। परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए।