डडेल्धुरा–डडेल्धुराकाे अमरगढी नगरपालिका–७ मा रहेको बेदास्थ अनाथालयमा रहेका बालबालिकालाई स्टेशनरी र खेलकूद सामग्री वितरण गरिएको छ।
अनाथालयका बालबालिकालाई एक शैक्षिक सत्रसम्म पुग्ने गरी कापी, कलम, पेनसिल, सामान्य ज्ञान, नेपाली तथा अङ्ग्रेजी व्याकरण र खेलकूद अन्तर्गत भलिबल, नेट, पम्पलगायतका सामग्री वितरण गरिएको सन नेपाल इन्स्योरेन्स कार्यालयका क्षेत्रीय प्रबन्धक दीपेन्द्र साहले जानकारी दिएका छन्।
सो कम्पनी जीवन बीमासँगैं सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्देश्यसाथ स्थापना भएको साहले जानकारी दिए। सो संस्थाले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा रचनात्मक कामसँगै सामाजिक उत्तरदायित्व निर्वाह हुने खालका काम गर्दे आइरहेको छ। यसैक्रममा अनाथ बालबािलकालाई शैक्षिक सामग्री वितरण गरेको हाे।
अनाथालय सञ्चालन गरिहेका युवा समाजसेवी जीत ताम्राकारले शैक्षिक र खेलकूद सामग्री हस्तान्तरणले निकै राहत पुगेको बताए। सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक र खेलकूद सामग्री हस्तान्त्ररण गरेर उदाहरणीय काम गरेकोमा उनले साे कम्पनीलाइ धन्यवाद दिए। (रासस)