काठमाडौं– अनमोल केसीले निर्देशक साम्तेन भुटियाको नयाँ फिल्म ‘धुपौरे’ मा अभिनय गर्ने भएका छन्। उक्त फिल्ममा अनमोलको मुख्य भूमिका रहनेछ।
फिल्मको छायांकन तिहारपछि सुरु हुने निर्माण टिमले जनाएको छ। अन्य कलाकारको छनोट प्रक्रियाबारे भने अहिले खुलाएको छैन। फिल्मलाई जयन श्रेष्ठले निर्माण गर्नेछन् ।
समीक्षात्मक रुपमा साम्तेनले निर्देशन गरेको फिल्म ‘तान्द्रो’ ले राम्रो प्रतिक्रिया पाएको थियो। साम्तेनको अर्को फिल्म ‘च च हुई’ भने रिलिजको क्रममा छ।
त्यसैगरि अनमोल होम प्रोडक्सनमा बन्न लागेको फिल्म ‘एन्टी हिरो’मा पनि देखिनेछन्। उक्त फिल्ममा अनमोलको साथै भुवन केसीको पनि अभिनय रहनेछ। डार्क एक्सन–लभस्टोरी जनरामा निर्माण हुने फिल्म ‘एन्टी हिरो’ सम्भवतः यसै वर्षको चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ।