एजेन्सी– फिल्म ‘लाल कप्तान’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता सैफ अली खान पहिलो पटक नागा साधुको रुपमा देखिएका छन्।
ट्रेलर १ मिनेट २२ सेकेन्डको छ। शो ट्रेलरमा सैफलाइ खतरनाक र निर्दही रुपमा देख्न सकिन्छ। ट्रेलरमा अभिनेता सैफ अली खानको साथमा अभिनेत्री सोनाक्षी सिंहालाई पनि देख्न सकिन्छ।
एक दमदार डाइलगबाट ट्रेलरको सुरुवात भएको छ। ट्रेलरमा सैफले बोलेका छन् ‘मानिसको जन्म हुने बितिकै काल भैसीमाथि चढेर उसलाई लिन हिड्छ। मानिसको जिन्दगी त्यति हुन्छ। जति समय त्यो भैसी उसँग आउन लाग्छ।’ फिल्ममा सैफले भुत बनेर मानिसलाई तर्साउने छन्।
फिल्मको कहानी १७८० दशको राजस्थानको पृष्ठभुमिमा आधारित रहेको छ। फिल्ममा सैफले एक असफल नागा साँधुको भुमिका निर्बाह गरेका छन्। फिल्ममा सैफको अलवा जोया हुसेन, दीपक डोबरियाल, मानव विज जस्ता स्टारहरुलाई पनि देख्न सकिन्छ। फिल्मको निर्देशक नवदीप सिंह हुन्। १८ अक्टोबरमा रिलिज हुने फिल्मको निर्माता आनन्द एल रोय र इरोज नाउले हुन्।
https://www.youtube.com/watch?v=GzgPXcy7NLY