राजापुर – बर्दियाको राजापुर नगरपालिका वडा नं ६ ले २६५ विपन्न, दलित तथा द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ।
सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उपलब्धि बढाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको वडा कार्यालयले जनाएको छ।
आव २०७६/७७ का लागि वडा नं ६ अन्तर्गतका मानपुर मावि टपरा, नेपाल राष्ट्रिय प्रावि जोगीपुर र प्रावि पहाडीनगरका विद्यार्थीलाई मङ्गलबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा पोशाक वितरण गरिएको हो।
वडा कार्यालयले विद्यार्थीको पढाइका लागि गरेको सहयोगको कार्य अनुकरणीय र उदाहरणीय रहेको स्थानीय अभिभावक रामकुमार थारूले बताएका छन्।- रासस