एजेन्सी–अभिनेत्री एमी ज्याकसन आमा बनेकी छिन्। उनी दक्षिण भारतीय तमिल सिनेमाकी लोकप्रिय नायिका हुन्। पहिलो सन्तानको रुपमा उनले छोरालाई जन्म दिएकी छिन्। आफू आमा बनेको जानकारी एमीले इन्स्टाग्रामबाट दिएकी हुन्।
उक्त पोस्टमा उनले लेखेकी छिन् ‘एन्ड्रियास, हाम्रो देवदुत तिमीलाई यस दुनियाँमा स्वागत छ’। ‘एन्ड्रियास’ एमीले आफ्नो छोराको नाम राखेकी छिन्।
उनले इन्स्टामा आफू सुतिरहेको र छोराको भिडियो पनि शेयर गरेकी छिन्। उनी अघिल्लो वर्ष रजनीकान्त तथा अक्षय कुमार स्टारर ‘२.०’ मा देखिएकी थिइन्। शो फिल्मबाट उनले धेरै राम्रो प्रतिक्रिया पाएकी थिइन्।