काठमाडौं – तिहारपछिे ‘कमेडी च्याम्पियन’ रियालिटी सो आउने भएको छ। दर्शकका दमदार कमेडीले भरिएको शो हेर्न चाँहन पुरा गर्ने उदेश्यका साथ अव ‘कमेडी च्याम्पियन’ नाम शो आउने भएको हो।पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोको क्रेज बढ्दो छ। गायनसँगै नेपालमा भित्रिएका धेरै शोले दर्शकको साथ पाइरहेको छ। यसरी भित्रिएका रियालटी शोमा कमेडी शो भने निकै कम छन्।
केही अगाडि ‘तितो सत्य’, ‘मेरी बाँसै’ र ‘जिरे खुर्सानी’ कमेडी बिषयबस्तुमा प्रदर्शन हुन्थे। यस्ता श्रृखला दर्शकको मन जित्न सफल पनि थिए। तर दमदार कमेडी शोको खडेरी नेपाली टेलिभिजन दुनियमा परिनै रह्यो। केही अगाडि एक कार्यक्रम सहित घोषणा भएको शोको अहिले डिजिटल अडिसनसँगै फिजिकल अडिसन समेत भइरहेको छ। जसबाट २४ प्रतियोगी छानिएका छन्। डिजिटल अडिसनमा मोबाइल एप, वेबसाइट, सामाजिक सञ्जाल पेजसँगै रेडियो अडियो मार्फत २ हजार प्रतियोगी सहभागी थिए।
ति मध्य एकसय पाँच पहिलो चरणको छनौटमा परेका थिए। गत २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ अर्काे चरण्का लागि छानिन सफल भएका हुन्।बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायकको अगाडि प्रत्यक्ष आफ्नो प्रस्तुति राख्दै २४ प्रतियोगी अर्काे चरणका लागि छानिएका हुन्। छानिएका २४ छनौट प्रतियोगी मध्य २ भारतको दार्जि्लिङ र असामका छन्।
छानिएका २४ प्रतियोगी अहिले क्लोज क्याम्पमा रहेर प्रतिभा निखारी रहेका छन्। ति मध्य निर्णायकले अवको चरणमा उत्केष्ट १५ छान्नेछ। चानिएका १५ मध्यबाट भोटिङका आधारमा एक विजेता छानिने आयोजले जनाएको छ। ‘थ्रि प्रोडक्सन’को निर्माण रहेको शोका अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजय थपलियाल निर्माता रहेका छन्। विशाल भण्डारीको निर्देशन रहेको शो दशै तिहारपछि कान्तिपुर टिभीबाट प्रसारमा आउनेछ। शो नेपाल आइडल होस्ट रीमा विश्वकर्माले संचालन गर्ने्छिन्। शोका विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्न आयोजकले जनाएको छ। रेडियो पार्टन रेडियो अडियो रहेको शाकोे वेलकम एड्भरटाइजिङ बजार व्यस्थापक रहेको छ।