काठमाडौं – सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ता नगरेर कारबाही गर्ने चेतनावी दिएको सरकारलाई निजी मेडिकल सञ्चालकहरुले विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै कलेजको साँचो बुझाएका छन्। सरकारले बढी शुल्न नलिन भनेपछि निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन्।
उनीहरुले सरकारबाट निजी मेडिकल कलेजहरु बन्दै हुने अवस्थामा पुर्याउनेगरी सरकारले एक पछि अर्को निर्णयहरु भइरहेको भन्दै असन्तुष्टि जना। निजी मेडिकल कलेजहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेडिकल कलेजको साँचो बुझाउँदै, विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन्।
निजी मेडिकल सञ्चालकहरुले ५ बुँदे माग राख्दै आफूहरुको माग पुरा नभए आगामी शैक्षिक सत्र २०७६/७७ को एमबीबीएस तथा बीडिएसका विद्यार्थीहरुको नयाँ भर्ना नै नलिने चेतावनी दिएका हुन्। विगतमा भएका शुल्क सम्बन्धि विवादको छानवीन समितिले बनाएको प्रतिवेदन कार्यन्वयन हुनुपर्ने भन्दै उनीहरुले कलेजको साँचो सरकारलाई बुझाएका हुन्।
उनीहरुले मेडिकल कलेजहरुको पूर्वाधार अनुसार एमबीबीएसमा १ सय ५० र बीडिएसमा ७५ सिटसंख्या हुनुपर्ने, विदेशी विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिलको प्रक्रियाअनुसार भर्नामा सरकारले सहजीकरण गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन अनुसार शिक्षण संस्थाको शुल्कका समायोजन गरी निर्धारण गर्नुपर्ने माग गरेका छन्।