एजेन्सी– फिल्म ‘हाउसफुल ४’ को फस्टलुक सार्वजनिक गर्दै प्रचार सुरू गरेको छ। शो फिल्म तिहारमा रिलिज हुने निर्माण टिमले जनाएको छ। सार्वजनिक भएको उक्त पोस्टरमा अक्षय कुमार फिचरमा देखिएका छन्। फिल्मको पोष्टर प्रत्येक घन्टामा एउटा सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ।
यो भन्दा अगाडि हाउसफुलको ३ ओटै रिमेक सफल भएपछि फिल्म ‘हाउसफुल ४’ प्रतिक्षामय बनेको हो। सजिद नाडियवालाको निर्माण रहेको उक्त फिल्मलाई फर्हाद सम्जीले निर्देशन गरेका छन्। फक्स स्टार स्टुडियोको पनि फिल्म ‘हाउसफुल ४’ को निर्माणमा सहकार्य रहेको छ।
फिल्मको अभिनयमा रितेश देशमुख, बबी देवल, कृती सेनन, पूजा हेगडे, चंकी पाण्डे, कृती खरबन्दा लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ। निर्माण टिमले फिल्म ‘हाउसफुल ४’ले बक्स अफिसमा दमदार प्रदशन गर्ने आशा राखेको छ।