एजेन्सी–बलिउड अभिनेता सलमान खानलाई सामाजिक संजालमार्फत ज्यान मार्ने धम्की आएको छ।
उक्त धम्की सलमानलाई स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी नामको समूहले सुटर नामको आईडीबाट दिइएको हो।
पोस्टमा सलमानको तस्विर राखेर लेखेका छन् ‘विचार गर सलमान, तँ भारतको कानुनबाट बच्न सके पनि बिशनोई समाज र सोपू पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ। सोपू अदालतमा तँ दोषी छस्।’
कालो हरिण शिकार मामिलामा २७ सेप्टेम्बरमा सलमान जोधपुर अदालतमा पेस हुँदैछन्। सलमान यस पेसीमा उपस्थित नभए अदालतले उनको जमानत खारेज गर्ने बताएको छ।
सलमानलाई यसअघि पनि सन् २०१८ मा ग्याङ्स्टर लरेन्स बिशनोईले खुल्लारूपमा ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि सलमानको सुरक्षा कडा पारिएको थियो।