एजेन्सी– लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले हार बेहोरेको छ। घरेलु मैदानमा पीएसजी रेइम्ससँग २–० ले पराजित भएको हो।
पीएसजीकाे मैदानमा भएको खेलमा पाहुना टोली रेइम्सले खेलको २९ औं मिनेटमा अग्रता बनाएको थियो। रेइम्सका लागि हसाने कामराले उक्त गोल गरेका थिए।
पहिलो हाफमा १ गोल मात्र भएको खेलको दोस्रो हाफको इन्जुरी समयमा१ गोल भएको थियो। थप गरिएको समयको चौथो मिनेटमा बोउलाय डियाले गोल गर्दा रेइम्सले २–० गोलले खेल जितेको हो।
जारी सिजनमा यो पीएसजीको दोस्रो हार हो। यसअघि पीएसजी रेनिससँग २–१ ले पराजित भएको थियो। हारपछि पनि पीएसजी ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा छ।