काठमाडौं– त्रिकोणात्मक सिरिजका नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर गएको छ। नेपालले असोज १० देखि १६ सम्म सिंगापुरमा जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्ने कार्यतालिका छ।
बुधबार क्रिकेट टोलीलाइै शुभकामनासहित बिदाई गरिएको छ। बिदाई कार्यक्रममा राष्ट्रिय खेलकद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले प्रतियोगितामा नेपालले प्रदर्शनले नेपाली क्रिकेटको भविष्य तय गर्ने बताएका थिए। उनले खेलाडीलाई उच्च प्रदर्शन गर्न आग्रह समेत गरेका छन्।
नेपाली टोलीमा पहिलोपटक इसान पाण्डे र कुशल मल्लले स्थान बनाएका छन्। शरद भेषवाकर र वसन्त रेग्मी भने टिममा छैनन्। त्यस्तै ज्ञानेन्द्र मल्ल व्यक्तिगत कारण जनाउँदै खेलमा सहभागि नहुने भएको अवस्थामा युवा क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको भूमिका दिइएको छ। लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजबाट सिंगापुर जानेछन्।
नेपाल सो सिरिज खेलेपश्चात पाँच राष्ट्र सम्मिलित टी–२० सिरिज खेल्न ओमान जानेछ। ओमानमा असोज १८ गते देखि २३ सम्म टी–२० सिरिज खेली नेपाली टोली स्वदेश फर्किने छ।