काठमाडौँ, ९ माघ –ज्ञान सुब्बाको आवाज रहेको ‘तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ। भिडियोमा एक जोडी प्रेमी–प्रेमिकाबीच विछोडको प्रसङ्गलाई देखाइएको छ। उक्त गीतको भिडियोमा सुमी मोक्तान र रितेश गुरुङको अभिनय रहेको छ।
गीतमा दिनेश सुब्बाको सङ्गीत र प्रतीक चामलिङको शब्द छ। सोनाम पाख्रिनको निर्देशन रहेको यस म्युजिक भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ। गीतलाई गोपाल रसाईलीले ऐरेन्ज गरेका हुन्।
सुशील न्यौपानेको सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको उक्त भिडियोमा विमला तामाङको मेकअप रहेको छ।
https://youtu.be/68KqAiDd_2M