एजेन्सी–बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृती स्याननले एसिड आक्रमणमा परेकी मुस्कानसगँ भिडियो च्याट गरेका छन्। उनको पढाई राम्रो भएको कारण उनीमाथि एसिड आक्रमण गरिएको बताइएको छ।
वरुण धवनले ट्वीटमार्फत मुस्कानलाई माया र सुस्वास्थ कामना गर्दै, भेट्न इच्छा भएको व्यक्त गरेका छन्। उक्त ट्वीट मार्फत शो जानकारीको लागी कृती स्यानलाई पनि धन्यवाद दिएका छन्। मुस्कानको अनुहारमा पट्टि बाधिँएको फोटो जुनैद मेमनको व्यक्तिगत ट्वीटमा देख्न सकिन्छ।
https://twitter.com/JunaidFarmer/status/1176826576798932994
कृती स्याननले मेहबुब स्टुडियोबाट मुस्कानसगँ भिडियो च्याट गरेकी छिन्। आफूलाइ मनपर्ने नायिकासगँ भिडियो च्याट गर्न पाउँदा मुस्कान एकदम खुसी भएकी छिन्,कृतीलाई देख्दा आफ्नो जिवनमा नयाँ उर्जा आएको जस्तो देखिछ,उनी आफूले मन पर्ने कलाकारसगँ कुरा गर्न पाउँदा ओछ्यानबाटै हाम फालौला जस्तो गरेकी थिइन्।
वरुणले भिडियोमा भनेका छन्,‘चाँडै ठिक भएर फेरी स्कूल जानेछौ। पहिलाको भन्दा पनि फूर्तिलो र तन्दुरुस्त हुनेछिन् भन्ने उनले विश्वास गरेका छन् र साथै छिटै भेट्ने आशा पनि गरेका छन्।
वरुणका फ्यान उनको क्रियाकलापबाट खुसी छन्। एक व्यक्तिले जवाफमा लेखेका छन्, ‘तपाई महान् हुनुहुन्छ, हामी तपाईमाथि गौरभवान्वित छौँ, उसको इच्छा पूरा गरिदिएकोमा धन्यवाद व्यक्त गरेका छन्।’ अर्का फ्यानले भने उनी एक ठूलो लडाँई लडिरहेकी छिन्, एउटा सानो प्रेरणाले पनि उसलाई हिम्मत मिल्छ भन्ने प्रतिक्रिया दिएका छन्।
वरुणको हालै फिल्म ‘कलंक’ रिलिज भएको थियो। उनी छिटै ‘कुल्ली न. १’ को रिमेक र ‘स्ट्रिट् डान्सर थ्री डि’ मा देखिदैछन्। त्यस्तै कृतीको ‘हाउसफूल ४’, ‘पनीपत’ आउँदै छ। मेघ्ना गुल्जारले निर्माण गरेको फिल्म ‘छपाक’ एसिड आक्रमणको सत्य घटनामा आधारित छ। उक्त फिल्ममा दिपिका पादुकोण मुख्य अभिनयमा छिन्।