काठमाडाैं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ वरियता सार्वजानिक गरेको छ। सो वरियतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आईसीसी टी–२० विश्व बरियताको २७ औं स्थानमा छन्।
आइसीसीको अघिल्लो वरियतामा पनि पारस सोहि स्थानमा थिए। अलराउण्डरमा २७ औं स्थानमा रहेका पारस ब्याटिङतर्फ भने ६६ मौं स्थानमा रहेका छन्। अलराउण्डरको वरियतामा पारसले राशिद खान इमाद वासिम क्रिस गेल, एन्ड्रे रसेल आदि खेलाडीहरुलाई पछि पारेका छन्।
त्यस्तै, नेपालका सोमपाल कामी अलराउण्डरमा ६७ औं स्थानमा छन् भने बलिङमा उनी ७८ औ स्थानमा छन्। बलिङतर्फ नेपालका वसन्त रेग्मी ७३ औं स्थानमा बस्न सफल भएका छन्।
टी–२० ब्याटिङमा पाकिस्तानका बाबर अजाम पहिलो स्थानमा छन्। बलिङमा अफगानिस्तानका राशिद खान पहिलो नम्बरमा छन्। त्यस्तै अलराउण्डरमा भने अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा बस्न सफल भएका छन्।