काठमाडौं– तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बनेको फिल्म ‘सम्हाली राख है’ कार्तिक २९ बाट प्रदर्शनमा आउने भएको छ। आरएल मोक्तानको निर्देशन रहेका उक्त फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन्। ग्रिस रिजालको सम्पादन, विक्रम कार्कीको कथा, देव महर्जनको एक्सन रहेको उक्त फिल्ममा श्यामकृष्ण महर्जन सह निर्माता रहेका छन्।
फिल्ममा जनक कार्की र राजेश शाहीको नृत्य छ भने राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ। फिल्मको अभिनयमा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारहरु छन्।
फिल्म ‘सम्हाली राख है’ मा निर्देशक आरएल मोक्तानकै पठकथा तथा संवाद रहेको छ। फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन्। फिल्ममा आकर्षक दृश्यमा दोलखा, काठमाडौ र कुलेखानीलाई समेटिएको छ। फिल्मले मुख्य रुपमा युवायुवतीबीचको प्रम सम्बन्ध तथा त्यसमा आउने उत्तारचढापलाई समसामहिक ढङ्गले प्रस्तुत गरेको छ।