काठमाडौं–शिव परियारको स्वरमा रहेको ’निष्ठुरी’ बोलको गीत सार्वजनिक भएको छ। रवि अधिकारीको शब्द रहेको शो गीतमा दिपक शर्माको संगीत दिएका छन्।
‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ–२’ जस्ता दुई सुपरहिट गीतमा सँगै काम गरेका रवि र शिवको यस गीतले पनि दर्शकश्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
गीतको अभिनयमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लाई देख्न सकिन्छ। यस गीतलाई सुशान कँडेलले निर्देशन गरेका हुन्।
नबराज उप्रेतीले छायांकन गरेको उक्त भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन्।
https://youtu.be/rtPtJzivkJA