एजेन्सी–स्पेनिस ला लिगामा इवारले सेभिल्लामाथि पुनरागमन जित हासिल गरेको छ। दुई गोलले पछि परेको स्थिति उल्ट्याएर इवारले पुनरागमन जित निकालेको हो।
इवारको घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले ११ औं मिनेटमा अग्रता बनाएको थियो। सेभिल्लाका लागि लुकासले गोल गरेका थिए। त्यस्तै । ३३ औं मिनेटमा ओलिभरले गोल गर्दा सेभिल्लाले अग्रता दोब्बर बनायो।
खेलमा २–० ले पछि परेको अवस्थामा ६६ औं मिनेटमा फावियनले पेनाल्टीमा गोल गर्दा इवार खेलमा फर्किएको थियो। त्यस्तै ७७ औं मिनेटमा इवारका पेड्रोले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याए।
खेलको दोस्रो हाफमा आक्रमक बनेको इवारले ८२ औं मिनेटमा गोल गर्दै पुनरागमन जित निकालेको हो। उक्त गोल जोसेले गरेका थिए। जितसँगै इवार ६ खेलबाट ५ अंक जोडेर १६ औं स्थानमा उक्लिएको छ। सेभिल्ला १० अंकसहित सातौ स्थानमा छ।