काठमाडौं– त्रिकोणात्मक सिरिजमा आज नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। आइसीसीबाट मान्यता प्राप्त टी–२० मा नेपाल र जिम्बावेको यो नै पहिलो भिडन्त हो।
नेपाल, जिम्बावे र आयोजक सिंगापुर सम्मिलित उक्त सिरिजमा नेपाल र जिम्बावेको पीडा उस्तैउस्तै छ। जिम्बावे क्रिकेट र नेपाली क्रिकेट आइसीसीको निलम्बनमा छन्। त्यस्तै नेपालले एसिया विश्वकप छनोटमा सिंगापुरसँग पराजय भएसँगै विश्वकप छनोट खेल्नबाट बञ्चित भयो भने जिम्बावे क्रिकेट आन्तरिक विवादमा फस्दा निलम्बनको शिकार बनेसँगै विश्वकप छनोटमा सहभागि हुन पाएन।
उता नेपाललाई स्तक्ध बनाउँदै विश्वकप छनोटमा स्थान बनाएर ऐतिहासिक सफलता हात पारेको सिंगापुर भने हौसिएको छ। वरियतामा आफूभन्दा माथि भएका टिमसँग खेल्दा सिंगापुरलाई पनि छुट्टै फाइदा पुग्ने देखिन्छ।टी–२० क्रिकेट वरियतामा नेपाल ११ औं स्थानमा छ भने जिम्बावे १५ औं स्थानमा छ। आज (शुक्रबार) हुने खेलबाट नेपाल र जिम्बावे प्रतियोगितामा दुबै टिम शुखद शुरुवात गर्ने दाउमा छन्। दुबै टिमको त्यो भन्दा महत्पूर्ण उपलब्धि विश्वकप छनोट खेल्न नपाउनुको पीडा कम गर्ने नै हो।
यसअघि नेपाल र जिम्बावेले गत वर्ष एक दिवसिय विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपाल १ सय १६ रनले हारेको थियो। जिम्बावेसँगको खेल नेपालको प्रतिस्ठाको लडाँइ पनि हो। टी–२० मा ४ स्थान अघि रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जिम्बावेलाई स्तब्ध बनाउने आशा गरिएको छ। खेल नेपाली समयअनुसार ५ः१५ बजे शुरु हुनेछ।