काठमाडौं–फिल्म मिस्टर नेपालीको ‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीत सार्वजनिक भएको छ। शो गीतले विदेश गएका नेपाली दाजुभाई तथा दिदिबहिनीको वास्तविकता के कस्तो हुन्छ भनेर खुलाएको छ। हेमन्त कान्छा रसाइलीको स्वर रहेको उक्त गीतमा देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत रहेको छ। फिल्म कार्तिक २९ गतेबाट नेपालभर प्रदर्शन आउने निर्माण टिमले जनाएको छ।
फिल्मको अभिनयमा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तव, साहिल श्रेष्ठ र कुसुम राउत रहेका छन्। प्रेमराज दाहालले निर्माण गरेको फिल्ममा देव भुषालको लेखन, पटकथा तथा निर्देशन रहेकाे छ।
चलचित्रलाइ निरज कँडेलले छायांकन गरेका हुन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। परदेशमा रहेका नेपालीहरुको भावलाई समेटेर शो फिल्म बनाइएको निर्माण टिमले जनाएको छ। यस फिल्ममा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ।
https://youtu.be/49LELXn5UgY