काठमाडौं– नेपालमा जारी साफ यु–१८ च्याम्पियन्सिपमा बंगलादेशले भुटानमाथि फराकिलो जित निकालेको छ। बंगलादेश भुटानमाथि ४–० शनसनी जित निकाल्दै फाइनल प्रवेश गरेको छ।
हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमा बंगलादेशले पहिलो हाफमा नै ३ गोलको अग्रता बनाएको थियो। मोहमद मराज होसेन, फयसल अहमद र तनवीर होसेनले बंगलोशको लागि सो गोलहरु गरेका थिए।
त्यस्तै दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेको बंगलादेशले थप १ गोल गरेको थियो। खेलको अन्त्यमा थप गरिएको समयमा दीपक रोयले गोल गरेका थिए। जितसँगै बंगलादेशले उपाधि भिडन्त पक्का गरेको छ।
अब उपाधिका लागि बंगलादेशले दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आजै भारत र माल्दिभ्सबीच ३ बजे हुने खेलबाट फाइनल पुग्ने दोस्रो टिमको टुङगो लाग्नेछ।