काठमाडाैं - अमेरीकाका १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनले मुलुकबाट दासप्रथाको अन्त्य गरेका थिए। जसका कारण उनले तत्कालिन समयमा निकै प्रशंशा कमाए। सँगै उनका आलोचक पनि कम थिएनन्। त्यो समयमा पनि उनको आलोचना पत्रपत्रिकामार्फत पनि हुन्थे। एक सफलतम् राष्ट्रपती र विश्वजगतमै उदाहरणीय व्यक्तिको आलोचना हुदाँ लिङ्कनका समर्थक, मित्र, आफन्तलगायत अचम्म मान्थे। आक्रोशीत हुन्थे। तर, लिङ्कन ति आलोचक र आलोचनाहरुको वास्ता गर्दैनथे। आफ्नै कर्ममा तल्लिन रहन्थे। मुलुकको हितका लागि राम्रा काम गरिरहन्थे। आफ्ना शुभचिन्तकहरुले उनलाई ति आलोचनाहरुको प्रतिवाद गर्न दवाव दिएपछि लिङ्कनले भनेका थिए, ‘यस्ता वाद–प्रतिवादमा लागेँ भने मैले देश र जनताका लागि कामचाहिँ कहिले गर्नु?’ कालखण्ड, अवस्था, दृष्टान्त फरक होला। तर, अहिले नेपालका २७ औँ आईजिपी सर्वेन्द्र खनालको अवस्था पनि लिङ्कनको जस्तै छ। उनी निरन्तर संगठन र मुलुकको हितका लागि काम गरिरहेका छन्। आलोचकहरु सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत उनको आलोचना गरिरहेका छन्। तर, सर्वेन्द्र मौन छन्। आलोचनाहरुको प्रतिकार गरीरहेका छैनन्। उनी आफ्नै कर्ममा व्यस्त छन्। एक सार्वजनिक कार्यक्रममा भेट हुँदा पंक्तिकारले सोधेको प्रश्नको जवाफमा आईजिपी खनालले भनेका थिए, ‘मान्छेको आ–आफ्नो दायित्व हुन्छ। आलोचकहरुको दायित्व आलोचना गर्ने हो। त्यस्तै मेरो दायित्व मुलुकको ऐन कानुनहरुको पालना गर्दै देश र जनताको सुरक्षा गर्ने हो, संगठनको हितका लागि काम गर्ने हो। अब मैले आफ्नो दायित्व बिर्सिएर आलोचकहरुको पछि लाग्न त भएन नि।’ आलोचकको आवरणमा हमलावर आलोचना मात्रलाई एक हदसम्म गलत नै मान्न पनि सकिदैन्। आलोचनाले सम्बन्धित व्यक्ति वा निकायलाई थप जिम्मेवार बनाउँछ। तर, आजकल आलोचनाको नाममा हमला हुन्छ। सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायतको दुरुपयोग गरेर आलोचनाको स्वरुपमा हमला गरिन्छ। यसरी सत्यतथ्य बङ्ग्याएर अतिरञ्जित सामग्री प्रयोग गरि ‘आफुँलाई चित्त नबुझेको मान्छे’को खोइरो खन्ने कार्यलाई आलोचना भन्न कदापी मिल्दैन्। यो सरासर गलत हो कानुनी रुपमा पनि, नैतिक रुपमा पनि। यस्तो नैतिकहिन हमलाको ज्वलन्त उदाहरण हो, नेपाल प्रहरीको कागजात अख्तियारले नियन्त्रणमा लिएको बिषयमा राष्ट्रिय पत्रपत्रिकामा सम्प्रेषीत केहि समाचारहरु। जसले आम जनमानसमा एक किसिमको भ्रम सृजना गरिरहेको छ। संयुक्त राज्य अमेरीकामा बस्दै आएका सुरक्षा मामिलाका जानकार राधाकृष्ण देउजाले यस बिषयमा टिप्पणी गरेका छन्, ‘राज्यको एउटा निकायले अर्को निकायको कामसंग जोडिएका कागजपत्र माग्ने, त्यस बमोजीम दिइने वा आएर लाने काम सामान्य र स्वभाविक प्रक्रिया हुन। स्वभाविक प्रक्रिया बमोजिम भएको कामहरुलाइ ठुलो मान्न आवश्यक हुदैन।’ यो पनि पढ्नुहोसः नेपाल प्रहरीः ‘न दिनु, न लिनु’ उनले थप लेखेका छन्, ‘सवैले बुझ्नुपर्ने र स्मरण गर्नुपर्ने एउटा तथ्य के हो भने गल्ती हुँदा गलत गर्नेलाइ कानुनको पञ्जामा ल्याउने जोसुकै जिम्मेवार प्रहरी कर्मचारीले गल्ती हुँदा आफँुलाई पनि छुट नहुने बुझेको हुन्छ। तसर्थ उनीहरु गल्ती गर्दैनन। जान अन्जानमा भएछ भने सजायबाट भाग्दैनन तर चर्चा, परिचर्चाबाट चाहिँ उनीहरु न अति उत्साही हुन्छन न त हत्तोत्साही नै।’ (टिप्पणीको संपादित अंश) यो ताजा दृष्टान्त मात्र हो। यसअघि पनि ‘आईजिपी चढ्छन् १६ वटा गाडी’ जस्ता शिर्षकमा तथ्य÷आधारहिन अफवाहहरु फैलाइएका थिए। तर, ति सब त्यसै सेलाएर गए। किनभने त्यसमा कुनै तुक नै थिएन्। आलोचकहरुमा नैतिकता हुन्छ। उनीहरु भएका गल्ति सच्चिउन् र नदोहोरिउन भन्ने सदिच्छाका साथ आफ्ना धारणा तथ्यपरक ढङ्गले प्रस्तुत गर्छन्। जसले सम्बन्धितलाई सच्चिन र सजग हुन मदत गर्छ। तर, हमलावरहरु नैतिकहिन हुन्छन्, कसैको आग्रह–पुर्वाग्रह र व्यक्तिगत लाभका लागि परिचालित हुन्छन्। कहिले पत्रकारको भेषमा, कहिले अधिकारवादी त कहिले अभियन्ता आदिको भेषमा। आलोचनाबारे मनोविज्ञको बुझाई राष्ट्रपती बिद्या देवी भण्डारीको पनि आलोचना भइरहेको छ। एक सार्वजनिक कार्यक्रममा दिएको वक्तव्यले अहिले उनलाई आलोचनाको शिकार बनाइरहेको छ। यसै सन्दर्भमा एक अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई प्रतिकृया दिँदै त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका प्रा. डा. शिशिर सुब्बाले भनेका छन्, ‘कतिखेर कसैले गल्ती गर्छ र त्यसको आलोचना गर्छु भन्ने प्रवृत्ति हाम्रो समाजमा हिजोआज देखिन्छ। कतिपय मानिसहरू हिजोआज आलोचना गर्नैका लागि अर्काको गल्ती कुरेर बस्ने गरेका छन्।’ प्रा. डा. सुब्बाको अभिव्यक्तिले नेपाली समाज एक किसिमको नकरात्मकतातर्फ उन्मुक भएको संकेत दिन्छ। राम्रो गर्दा प्रशंशा गर्न कञ्जुस्याई गर्ने, नराम्रो गर्दा हमलारुपी आलोचना गर्न रत्तिभर ढिलो नगर्ने, यस्तो भएको छ हाम्रो समाज। अन्त्यमा, ‘मानिस संसारकै सर्वश्रेष्ठ प्राणी हो। किनभने मानिसमा बिवेक हुन्छ।’ स्कुले जिवनमा नै हामी सबैले पढेको कुरा हो यो। हो, हामी बिवेकशील प्राणी हौ, तर आजकल हामी आफ्नोभन्दा बढी अर्काको बिवेकमा बिश्वास गर्न थालेका छौ। पत्रिकामा छापिएको एउटा समाचार, रेडियो–टेलिभिजनमा बजेको एउटा रिपोर्ट अनि बग्रेल्ती ‘उम्रिएका’ युट्युब च्यानलको एउटा भिडियो हेरेर हामी आफ्नो धारणा बनाईरहेका हुन्छौँ। राजिनितीप्रतीको बितृष्णा, कर्मचारीतन्त्र र न्यायालयप्रतिको अबिश्वास यसका कारक हुन सक्छन्। तर, सधै सबैलाई एउटै कसिमा राख्नु पनि न्यायपरक होइन्। यस्तो प्रवृत्तीले कालान्तरमा हामी र हाम्रो समाजलाई हानी नै पु¥याउछ। तसर्थ, यदि हामी आफुँलाई सर्वश्रेष्ठ प्राणी भन्छौ भने स्वबिवेकको उच्चतम प्रयोग गर्नु जरुरी छ। कसैको आलोचना गर्नुअघि उसको बिगत र उसले हाम्रो समाजका लागि दिएको योगदान सम्झनु जरुरी छ।