काठमाडौं – निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने चेतावनी दिदै आएका छन्। रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा उनीहरुले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारी निर्णयको विरोध गर्दै सरकारलाई नै मेडिकल कलेज चलाउन चुनौती दिएका छन्।
विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति नभएको भन्दै यस्तो अन्यौलताबीच विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको हो। निजी मेडिकल कलेज एसोसिएसनले सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने अभिप्रायले कलेजहरुको सिट संख्या, शुल्क निर्धारण स्पष्ट नभएकोले कार्यक्रममा निजी मेडिकल कलेज एशोसिएसन नेपालका महासचिव डा।
सुनिल शर्माले नेपाल सरकार र नेताले गर्ने काम मेडिकल कलेजले गर्दै आएको भन्दै सरकारी लगानीमा १०० प्रतिशत छुट हुनुपर्ने बताए। उनले अन्य मेडिकल कलेजमा आजसम्म सतार जातमा विद्यार्थी डाक्टर नभएको बताउँदै नोबेल मेडिकल कलेजमा सतार विद्यार्थी डाक्टर बनेर आउने बताए।
उनले भने हामीले त सधैं अपराधमात्रै गर्यौं जस्तो गरेर प्रचार नगरौं। सस्तो लोकप्रियताको निम्ति देशको मेडिकल शिक्षालाई ध्वस्त पार्ने काम अभियन्ताहरुबाट हुन नहुने उनको चेतावनी थियो। शर्माले आफूहरुले गरेको राम्रो कामको प्रशंसा नभएको गुनासो पोखे।
स्कुलको फि नियन्त्रण हुनुपर्दैन र इन्जिनियररिङको शुल्क नियन्त्रण हुनुपर्दैन र समस्या मुलुकभित्र सबै ठाउँमा छ। टिक्नेखालको हल खोजौँ उनले भने। शर्माले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेलेरै जाने जस्तो गरि देखाए कुर्सीबाट निकालेरे फालिदिने चेतावनी दिए।
गोविन्द केसीले उठाएका सबै कुरा गलत छन् भनेर हामी भन्दैनौं। केसी सरको अभियानबाट केही जेन्युन काम भएका छन् उनले भनेमेरिट बेसमा भर्ना भएको छ। यो अभियान सरकारले गरेको भए हुन्थ्यो।शिक्षामन्त्री गिरिराजमणि सरले अहिलेकै रवैया अपनाउनुभयो र पेलेर जान्छु भनेर सोच्नुभयो भने उहाँको कुर्सीबाट निकालेर हामी फालिदिन्छौं।
लेखेर राख्नुहोस् धम्कीको शैलीमा उनले भने। उनले प्रा डा गोविन्द केसीले उठाएका सबै कुरा गलत नभएको पनि स्पष्ट पारे। उनले भने,‘आईएओमले पहिला आफूलाई परिवर्तन गर्नुपर्छ। फ्याकल्टी पुग्छ भने सिट संख्या घटाउनु हुँदैन। पाउन सक्ने पाउनुपर्छ भनेको हो। सरकारी इन्स्टिच्युट नाफामा नजानुको कारण भ्रष्टाचार भएको उनको टिप्पणी छ।