एजेन्सी–फिल्म ‘मर्दानी २’ को टे«लर सार्वजनिक भएको छ। यस फिल्मको छायांकन मार्चमा सुरु भएको थियो। यो फिल्म २०१४ सालमा रिलिज भएको फिल्म ‘मर्दानी’को सीक्वल हो। शो फिल्ममा रानीे शिवानी राय नामक पुलिसअसफिसरको भूमिकामा देखिएकी थिइन्। उनले चेलीबेटी बेचबिखनको भण्डाफोर गरेकी थिइन्।
रानी मुखर्जीले फ्यान्सलाई खुसीको खबर दिएकी छिन्। उनको फिल्म मर्दानी २ को ट्रेलर आगमी शुक्रबार रिलिज हुदैँ छ। ‘मर्दानी’ को पहिलो भाग प्रदीप सरकारले निर्देशन गरेका थिए। ‘मर्दानी २’ को निर्देशन भने डेब्यू निर्देशक गोपी पुथरणले गर्नेछन्। रानी अन्तिम पटक फिल्म ’हिचकी’ मा देखिएकी थिइन्। दर्शकहरुले शो फिल्म धेरै मन पराएका थिए। यस फिल्मले बक्स अफिसमा कलेक्शन पनि राम्रो गरेको थियो।
‘मर्दानी २’ को रिलिज हुने घोषणा भएको बेला रानीले भनिन्,‘मर्दानी २’ सधै मेरो मनमा रहिरहनेछ। फिल्म रिलिजको बारेमा जो कोही मलाई पटक–पटक ‘मर्दानी २’ कहिले आउँछ भनेर प्रश्न सोधीरहन्थे। यो घोषणाले उनीहरु सबलाई आश्चर्य बनाउनेछ भन्ने मलाई विश्वास छ। गोपीले शो फिल्मको असाधारण पटकथा लेखेका छन्। फिल्म ‘मर्दानी २’ १३ डिसेम्बरमा सिनेमाघरहरुमा रिलीज हुदैँछ।
https://youtu.be/04E-jHtWrDA