एजेन्सी– स्पेनिस क्लब बार्सिलोना जारी सिजनमा खराब अवस्थाबाट गुज्रीरहेको छ। ला लिगामा कमजोर प्रदर्शन गरेको बार्सिलोनाका कप्तान लियाोनल मेस्सी तीन खेलमा मात्र सहभागि भएका थिए। बार्सिलोनालाई फेरी अर्को चोटको समस्या परेको छ।
युवा फरवार्ड अन्सु फाती पनि गेटाफेविरुद्ध नखेल्ने बताइएको छ। उनको दायाँ घुँडामा समस्या देखिएको छ। उनले एक खेल मात्र गुमाउने बताइएको छ।
शनिबार ला लिगामा बार्सिलोनाले गेटाफेसँग खेल्दैछ। नेपाली समयअनुसार खेल रातको ७ः४५ बजे सुरु हुनेछ। फातीसँगै कप्तान मेस्सीपनि गेटाफेविरुद्ध खेलमा सहभागि हुने छैनन्। बार्सिलोनाले खेलका लागि १९ सदस्यीय टोली घोषणा गरिसकेको छ जसमा ओस्मान डेम्बेले पनि समेटिएका छन्।
त्यस्तै मिडफिल्डरमा इभान राकीटिचलाई राखिएको छ र आक्रमणमा लुइस सुआरेज र एन्टोइन ग्रिज्मन कार्लेस पेरेज छन्।