काठमाडाैं– दिपकराज गिरी र उनको टिमले यसपाली चलचित्र प्रमोशनको नयाँ शैली अपनाएका छन्। यो बर्ष चलचित्र ‘छ माया छपक्कै’ को प्रमोशनकाे लागि एउटा गीत तयार पारेको छ।
चर्चित गायक दुर्गेश थापाले आफ्नो राम्रो चर्चा पाएको गीतलाई चलचित्रको प्रचार शैलीमा ढालेका छन्। ‘बिच्च बिच्चमा’ बोलको गीतले चलचित्रको प्रमोशन प्रचारमा ठूलै फाईदा पुर्याउने देखिएको छ।
चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गतेबाट रिलिज हुदैँछ। यसअघि पनि दिपकराज र उनको टिमले यहि समयमा फिल्म प्रर्दशनमा ल्याउने गरेका थिए। उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, सहयोगी निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी देखिएका छन्।
फिल्म ‘छ माया छपक्कै’ दशैंको टिकापछि रिलिज हुँदैछ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्ले मिलेर बनाएको यो चलचित्रमा राजनीति र प्रेमको कथा समेटिएको छ।