काठमाडौं– यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिताको उपाधि दुर्गा थापाले हात पारेका छन्। विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा आयोजना सो प्रतियोगिता आयोजना भएको हो।
ईन्टिमेन्सी ग्रुप आयोजक रहेको उक्त प्रतियोगिताको फाइनलमा थापाले रितु पुनलाई ३–२ को सेटमा हराएका हुन्। उनले पुनलाई ५९–१,६४–२९, २४–५८, ४३–१४, ५८–२ को सेटमा स्तब्ध पारेका हुन्।
दुर्गाले लक्ष्मण थापालाई ३–१ को सेटमा हराउँदै तथा रितुले अमिन थापालाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए। सो प्रतियोगितामा ५३ जना खेलाडीको सहभागिता रहेको थियो।