काठमाडौं– अभिनेता विराज भट्टको निर्देशकिय डेब्यू ‘साङ्लो’ छठको अवसर पारेर कार्तिक १५ गते रिलिज हुने घोषणा गरिएको हो। तर,शो फिल्म अब फागुन ९ गते रिलिज हुने भएको छ।
फिल्मको फस्ट लुक पोस्टर रिलिज गर्दै शो फिल्मको प्रर्दशन मिति सार्वजनिक गरिएको हो। मिस नेपाल–२०१७ निकिता चण्डकले पनि शोे फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दैछिन्।
फिल्ममा विराज भटट्, निकिता चण्डक, प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको मुख्य अभिनय देख्न सकिन्छ। फिल्म ‘साङ्लो’ लाई सुदुरपश्चिमको रमणीय ठाउँमा छायांकन गरिएको छ।
शिवम अधिकारीको पटकथारसंवाद रहेको फिल्म ‘साङ्लो’ मा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन्। विराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण भएको उक्त फिल्ममा तेज बहादु खड्काको पनि लगानी छ।