काठमाडौं– जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज(शनिबार) आयोजक राष्ट्र सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार ५ः१५ बजे शुरु हुनेछ।
नेपालले पहिलो खेलमा जिम्बावेसँग ५ विकेटको हार बेहोरेको थियो। अघिल्लो महिना आईसीसी टी–२० विश्वकप एसिया छनोटमा सिंगापुरसँग नेपाल पराजित भएको थियो। ८२ रनले पराजित हारेसँगै नेपालको विश्वकप छनोटको यात्रा सकिएको थियो। आजको खेल जित्दै नेपालको सो हारमा मलम लगाउने प्रयासमा हुनेछ।
जिम्बावेसँगको खेलमा राम्रो प्रदर्शन गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रँदै छ। उता ऐतिहासिक सफलता हात पार्दै विश्वकप छनोटमा स्थान पक्का गरेको सिंगापुरले पनि नेपाललाई राम्रै चुनौती दिन सक्छ।
नेपालले पहिलो खेलमा भएका कमी कमजोरीहरु सुधार्न आवश्यक छ। नेपाली टिमका कप्तान पारस खड्का तथा उपकप्तान दीपेन्द्र सिंह ऐरीले सम्हालिएर खेलेमा नेपालले सिंगापुरलाई स्तबध पार्न सक्छ। नेपालको मुख्य हतियार मानिएको बलिङ आक्रामक हुन जरुरी छ।