काठमाडाैं– केही समय अगाडि बजारमा आएको गित पूर्णिमाका गायक शंकर कडेल प्रवासमा रहेर पनि नेपाली गित संङगीतलाई माया गरिरहेका छन्। माया र पिरतीको मर्मस्पर्शी भाव बोकेको उक्त गितले शंकरलाई गायक भनेर चिनायो।
साे गितको शब्द सङ्गीत राज खड्काको रहेको छ भने स्वर शंकर कँडेल आफैँले दिएका छन्। गितको भिडियो निर्देशनमा दिपक आचार्य छन्। त्यस्तै अभिनय रिया श्रेष्ठ र सुसान्त पाठकले गरेका छन्। शंकर कंडेलको आफ्नै यूटुब च्यानलबाट बजारमा आएको यो गितमा शंकरले लिपसिङ् मात्र दिएका छन्।
हेर्दा उनको सुन्दरता नेपाली हिरोहरुकाे भन्दा कम छैन। उनका धेरै फ्यानहरुले उनलाई भिडियोमा पनि देख्न चाहेका छन्। छोटो समयमा चर्चा पाउन सफल गित ‘पूर्णिमा’ शंकरको आफ्नै प्रस्तुती हो। सबै प्रकारका गितलाई उनी उत्तिकै मिठो तरिकाले गाउँछन्। केही गितहरुमा गाउन र भिडियो खेल्नको लागि अफर आएतापनि आफु प्रवासमा भएको कारण असम्भव भएकाे उनी बताउँछन्।
जर्मनमा ईन्जिनियरिङ्ग बिषय अध्ययन गरिरहेका शंकर आगामी दिनमा आफुले गाएको गितमा सकेसम्म आफैले अभिनय गर्ने बताउँछन्।