बेझाड– गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगार्थ पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुवात गरिएकोे छ। मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूुल, चामल, घ्यू जस्ता कार्यको अन्त्य गरी वडा नं– ७ को कार्यालयले भेटिपेटिकाको शुरु गरेकोे हो।
मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घ्यूकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस कार्यको शुरु गरिएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए।
यस कार्यको थालनी वडा र नगरमा मात्र सीमित नरही देशव्यापी रुपमा भएको खण्डमा सामाजिक संस्कारमा गरिने फजुलखर्च सही ठाउँमा सदुपयोग हुने स्थानीय दोवराज तिवारी बताउछन्।
आर्थिक अभावमा उपचार गर्न नसक्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको छ। यस कार्यले थोरै भए पनि उपचारमा केही सहयोग पुग्नेछ। पछिल्लो समय काजकिरिया खर्चबापतको रकम कटौती गरेर सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रम पनि विस्तारै बढ्न थालेको छ। (रासस)