काठमाडौं– प्रकाश तिवारी नेपाली साहित्यको आख्यान विधामा कुनै नौलो नाम होईन। ब्रामण पुत्री शारदा र विश्वकर्मा पुत्र मोहनको अन्तरजातीय प्रेम सम्बन्धमा आधारित ‘निहारिका’ मा मध्यपहाडी जिल्ला लमजुङ र कास्कीको भुगोलको वास्तविकतालाई प्रष्ट्याउने प्रयास गरिएको छ।
उपन्यासमा विशेषत शारदा र मोहनको आदर्श प्रेम, अन्तरजातीय विवाह र उनीहरुमाथिको पारिवारिक एवम् सामाजिक उत्पीडन र त्यस विरुद्धको विद्रोहको विकराल रुपलाई चित्रण गरिएको छ।
यस अघि २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलाफर’ पछि यो उनको तेस्रो उपन्यास हो। नेपालको सामाजिक जिवनलाई आधार बनाएर आख्यान लेख्ने उनले विभिन्न पत्रपत्रिकामा फुटकर कथा प्रकाशित गराईसकेका छन्। मुल्य रु २९९ रुपैयाँ भएको उक्त उपन्यासलाई ईन्डिगो ईन्कले प्रकाशन गरेको छ।