एजेन्सी–आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल’ ले बक्स अफिसमा नयाँ रेर्कड बनाउँदै आइरहेको छ। फिल्मले तेस्रो शुक्रबार बक्स अफिसमा दोस्रो शुक्रबार भन्दा बढीको व्यापार गरेको छ। फिल्मको अहिले सम्मको कमाई १ सय १४ करोड २० लाख रहेको छ। यस शुक्रबार भने फिल्मले ३ करोड ४० लाखको कलेक्शन गरेको छ।
फिल्मको बक्स अफिसमा शानदार प्रदर्शनको पछाडि गत हप्ता र यो हप्ता कुनै पनि फिल्म रिलिज नहुनु पनि हो। गत हप्ता सिनेमाघरमा सोनम कपूरको फिल्म ‘द जाेया फैक्टर’, करण देओलको डेब्यू फिल्म ‘पल पल दिल के पास’ र संजय दत्तको फिल्म ‘प्रस्थानम’ पनि रिलीज भएको थियो।
फिल्मको निर्देशन राज शांडिल्यले गरेका हुन्। फिल्ममा आयुष्मान खुराना बाहेक नुसरत भरूचा र अन्नू कपूर जस्ता चर्चित कलाकारको अभिनय रहेको छ।