एजेन्सी– इङ्लिस प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। शनिबार राती भएको खेलमा विपक्षी गोलकिपरको गल्तिको फाइदा उठाउँदै लिभरपुलले १–० को जित निकालेका हो।
सेफिल्ड युनाइटेडको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा गोलरिहत बराबरीमा सकिएको थियो। दुबै टोलीले पहिलो हाफमा अग्रता बनाउने अवसर पाएता पनि सदुपयोग गर्न सकेनन्।
दोस्रो हाफमा पनि प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुलले ७० औं मिनेटमा एक मात्र निर्णयक गोल गर्यो। लिभरपुलका जर्जियानो वाइनाल्डमले गरेको प्रहारलाई गोलकिपर डेयन हेन्डरसनले नियन्त्रणमा लिन नसक्दा सेफिल्ड युनाइटेडले हार बेहोरेको हो।
यस जितसँगै प्रिमियर लिगमा लिभरपुलले लगातार १६ औं जित निकालेको लिभररपुल २१ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानको म्यानच्यास्टर सिटीको १३ अंक छ। हार बेहोरेको सेफिल्ड १२ औं स्थानमा पुगेको छ।