काठमाडौं–फिल्म ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक भएको छ। गीतको बोल भने ‘केही आधा’ रहेको छ। हरि हुँमागाईंको डेब्यू निर्देशन फिल्म ‘सरौतो’ कार्तिक २२ गतेबाट रिलिज हुदैँछ। शो गीतमा फिल्मको मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहको अभिनय रहेको छ।
पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतमा हरि हुँमागाईको कोरियोग्राफी रहेको छ। सात प्रदेशका १४ सुन्दर लोकेसनमा गीतको भिडियो छायाँकन गरिएको निर्माण टिमले बताएको छ। यस गीतको भिडियो छायाँकन गर्न १४ दिन लागेको निर्मात्री सिर्जना जोशीले बताइन्।
फिल्म ‘सरौतो’ मा सुमीको दमदार एक्सन दृश्य देखाइएको छ। सिनेमामा सुमीले उनले एक साइलेन्स किलरको भूमिका निभाएकी छिन्।
फिल्ममा राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद रहेको छ। फिल्मको अभिनयमा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीलाई देख्न सकिन्छ।
https://youtu.be/Vx83kwu9G7I