काठमाडौं–कार्टुन क्रुको नयाँ ‘अकेला दुकेला’ बोलको गीत सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा दीपक भट्टराईको संगीत रहेको छ।
गीतमा मुरारी गुरागाई र टीका प्रसाईले स्वर दिएका छन्। सरोज अधिकारीले निर्देशन गरेको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।
कार्टुन्ज क्रु र भिमफेदी गाईजको संयुक्त फिचरिङ रहेको भिडियोलाई आश्मा विश्वकर्मा र सविन चोहानको कोरियोग्राफी गरेका हुन्। ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन् भने लाक्पा डी लामाको सम्पादन गरेका हुन्।
https://youtu.be/4ldn5zIAFys