काठमाडौं – नेपालमा गित सङ्गीतमा आफ्नो पहिचाहान बनाई सकेपछि नेपाल छोड्ने कलाकारको संङख्या पछिल्लो समय झन बढ्दो छ। नेपाली गित सङ्गीतमा केही समय दुःख गरेर जब दर्शक र श्रोताहरुको माया बटुल्छन् अनि कलाकार विदेश तिर पलाएन हुन्छन्। यो कलाकारको बाध्यता हो या रहर, यसै बिषयमा केही जानकारीको लागि हाल साउथ कोरियामा बस्दै आएका नेपाली लोक तथा दोहोरी गितका नायक डिम्पल केसी सँग छोटो जानकारी लिएका थियौं।

अहिलेकी चर्चित नायिका अन्जली अधिकारी सँग फूलको डाली गितमा सँगै अभिनय गरेर चर्चा पाएपछि केही गितमा अभिनय गरेर उनी विदेश पलाएन भएका हुन्। उमेरले २४ मात्र भएका डिम्पल आकर्षक लुक्स र अभिनयका कारण छोटो समयमै लोकप्रियता कमाउन सफल भएका थिए। उनी भन्छ न् कलाकार मात्र नभएर जो कोहीको पनि विदेशिनु रहर नभएर बाध्यता हो।

स्कुले जीवनदेखि कक्षामा प्रथम द्धितिय स्थान भन्दा पछाडि कहिले नहुने उनी कक्षा १२ पास गरेर आफ्नो अध्ययनलाई त्यही पूर्णविराम लगाउनु पर्ने बाध्यता भएको बताउँछन्। भेरी गंगा नगरपालिका हर्रे सुर्खेतमा जन्मिएका उनी सामान्य परिवारका हामी जस्तो यूवाले यो देशमा बसेर केही गर्न नसकिने बताउँछन्। नेपालको अवस्था यस्तै छ,त्यसैले आफु कलाकारितामा भएतापनि कलाकारलाई पनि त्यति सहज नभएको कारण केही बर्ष विदेशीने निर्णय गरेको बताउँछन्।
कोरियामा दुःख पनि छ पैसा पनि छ, यो ठाउँमा केही बर्ष दुःख गरेर नेपालमा आएर आफ्नो कामलाई निरन्तरता दिन्छु, तर कलाकारिता बाट हराउँदिन, मलाई छोटो समयमा दर्शक श्रोताहरुले धेरै रुचाईदिनु भयो, मलाई अफर आएका केही गितमा काम गरे केही काम अधुरा रहे। नेपालमा जति ठूलो कलाकार भएतापनि विदेशमा आएर सामान्य काम गर्नु पर्ने बाध्यता छ उनी भन्दछन्।