काठमाडौं–फिल्म ‘च च हुई’ को ‘जवानी’ बोलको गीत सार्वजनिक भएको छ। यो गीतलाई दशैंको अवसर पारेर निर्माणपक्षले सार्वजनिक गरेको हो।
सार्वजनिक आइटम गीतको अभिनयमा नायक आर्यन सिग्देल र मोडल एलिशा शर्मा देखिएका छन्। गीतको छायांकन बालाजुस्थित एनएफडीसी सेटमा गरिएको छ। शिशिर खातीको कोरियोग्राफी, बिनय सापकोटाको शब्द, रोशन थापाको संगीत रहेको उक्त गीतको निर्देशन साम्तेन भुटियाले गरेका छन्। रोशन र सुमन गुरुङको स्वर रहेको गीतमा साम्तेन भुटियाले सम्पादन गरेका छन्।
फिल्ममा आर्यनको साथै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय छ। एजीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म ‘च च हुई’ अमृत घोले लामाले निर्माण गरेका हुन्। सिजन दाहाल र सन्देश अर्यालको पटकथा रहेको फिल्म सुशन प्रजापतिले छायांकन गरेका हुन्। फिल्म मंसिर ६ गतेबाट रिलिज हुने निर्माण टिमले बताएका छन्।
https://youtu.be/l8QFyrpB0AQ