काठमाडौं– नायिका उपासना सिंह ठकुरीले जम्मा २ वटा चलचित्रमा मात्र काम गरिन्। तर चलचित्र ‘कबड्डी ३’ ले उपासनालाई ‘क्याप्टेन’ का दर्शकसँगभन्दा धेरै दर्शक सँग साक्षात्कार गराएको छ।
पहिलो डेब्यु चलचित्र ‘क्याप्टेन’ व्यावसायिक हिसाबले खासै बजार लिएन र फिल्मले राम्रो समीक्षा पनि पाएन। अनमोल केसीसँग रोमान्स गर्ने मौका पाएकी उपासनाले भने तारिफ बटुलिन् पहिलो फिल्मबाटै उनले कयौं दर्शकको साथ पाइन्।
शूटिङमा दुःख भए पनि उपासनाले भने यो फिल्मबाट खुबै तारिफ बटुलेकी छिन। फिल्ममा पनि उनको काम देखिएको र उनले निभाएको काशीको भूमिकाले पनि उत्तिकै चर्चा पाएको छ। स्टारहरुको भीडमा पनि उपासनाले आफ्नो अभिनयका कारण थप चर्चा पाउनु उनको करिअरका लागि समेत फाइदाको कुरा हो।
चलचित्रमा उनले निभाएको भूमिकाले पनि उत्तिकै राम्रो प्रतिक्रिया पाइरहेको र जम्मा दुई फिल्ममा अभिनय गरेर पनि आफ्नो परिचय बनाएकी उपासनाले शूटिङका बेला खुबै दुःख बेहोर्नुपरेको बताउँछिन्। दिनमा कयौं पटक पोशाक परिवर्तन गर्नुपर्दा वाक्कै भएको उनको भनाइ छ।
आगामी दिनमा उनले आफ्नो फिल्मी करिअर कसरी अगाडि बढाउनेछिन्, त्यो भने हेर्न बाँकी छ । अहिले भने उपासना सम्भावना बोकेकी अभिनेत्रीको सूचीमा शीर्ष स्थानमा छिन्।