एजेन्सी – त्रिकोणात्मक सिरिजमा आयोजक सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई पराजित गरेको छ। आइतबार भएको सिरिज अन्तर्गतको तेस्रो खेलमा सिंगापुर जिम्बावे ४ रन हराएको हो।
वर्षाको कारण १८ ओभरमा झारिएको खेलमा सिंगापुरले टस जित्दै पहिले ब्याटिङ गरेको थियो। सिंगापुरले १८ ओभरमा ९ को क्षतिमा १ सय ८१ रनको बलियो योगफल तयार गरेको थियो। सिंगापुरको पारीमा कप्तान टिम डेविड र विकेटकीपर मनप्रित सिंहले समान ४१ रनको योगदान दिए। त्यस्तै ओपनर रोनह रंगराजनले ३९,सुरेन्द्रन चन्द्रमोहन २३ र जनक प्रकाशले १० जोडेका थिए। जिम्बावेको बलिङमा रेयान बर्लले ३ र रिचर्ड नगराभाले २ विकेट लिए।
१ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित १८ ओभरमा ७ विकेटको क्ष्तिमा १ सय ७७ रन बनायो। जिम्बावेको लागि कप्तान सन विलियम्सले ३५ बलमा समान ५ चौका र छक्काका साथ ६६ रनको योगदान दिए भने रिजेश चकवाले १९ बलमा ४८ रनको पारी खेलेका थिए।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो। नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ। सबै टोलीको समान २–२ अंक भएपनि नेपाल रनरेटका आधारमा शीर्षस्थानमा बस्न सफल भएको छ।